IME Life New

साप्ताहिक बीमा समीक्षाः यस साता जीवन तथा निर्जीवन बीमा क्षेत्रमा के के गतिविधि भए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता बीमा क्षेत्रमा जीवन बीमा गर्दा वार्षिक ५० हजार रुपैयाँ कर छुट दिन बीमा समितिले प्रस्ताव गरेको समाचारदेखि लिएर वार्षिक साधारण सभा आव्हान, नयाँ बोनशदर सार्वजनिक, लाभांश प्रस्ताव लगायतका समाचारले प्रथामिकता पाए ।

जीवन बीमा क्षेत्रमा भएका गतिविधि
यस साता जीवन बीमा क्षेत्रमा महत्वपुर्ण गतिविधि भएका छन् । यस साता आइपीओ निष्काशन गर्ने प्रस्तावसहित सानिमा लाइफले जेठ २३ गते वार्षिक साधारणसभा डाक्यो, त्यस्तै, मेट लाइफ फाउन्डेशनले एएनएमएफलाई ५० हजार अमेरिकी डलर अनुदान दिया, बीमा समितिले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न अनुमति प्रदान गर्यो ।

Esewa
Crest

त्यसैगरी यसै साता सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । जसमा बीमितले न्युनतम २२ देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने भएका छन् । यसै साता बीमा समितिले आगामी आर्थिक वर्ष २०७८र८९ को बजेटमा जीवन बीमा गर्दा वार्षिक ५० हजार रुपैयाँसम्मको कर छुट प्रदान गर्न प्रस्ताव गरेको छ । समितिले अर्थमन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटमा आफ्नो तर्फबाट प्रस्ताव पेश गर्ने क्रममा व्यक्तिगत आयको अधिकतम सिलिङमा बीमा गर्नेले ५० हजार रुपैयाँसम्मको कर छुट दिन माग गरेको हो । साथै, राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिएको लगायतका समाचारले जीवन बीमा क्षेत्रमा प्रथामिकता पाए ।

निर्जीवन बीमा क्षेत्रमा भएका गतिविधि
निर्जीवन बीमा क्षेत्रमा भएका गतिविध पनि यस साता निकै महत्वपुर्ण रह्यो । यस साता शिखर इन्स्योरेन्स कम्पनीकोे हकप्रदले सबैभन्दा सुरक्षित रेटिङ पाएको छ । कम्पनीको हकप्रदले इक्रा एपि आर ए’ प्राप्त गर्यो । त्यस्तै, यसै साता लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गतेको लागि मिति तय, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९ औँ वार्षिक साधारण सभा जेठ २८ गतेको लागि मिति तय र सगरमाथा इन्स्योरेन्स कम्पनीको ११ दशमलव ५७ प्रतिशत लाभांश घोषणा र प्रभु इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारितसँगै साधारण सभा सम्पन्न लगायतका समाचार यस साता बीमा क्षेत्रको हेडलाइन बने ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS