IME Life New

सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा पहिलो दिनमै पर्यो साढे दुई लाख बढिको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा पहिलो दिनमा नै साढे दुई लाख भन्दा बढिले आवेदन गरेका छन् । कम्पनीले ३० करोड रुपैयाँको लागि आईपिओमा आवेदन माग गरेकोमा पहिलो दिनमा नै झण्डै दोब्बर रकम बराबरको आवेदन परेको हो ।

सानिमा जनरल इन्स्योरेन्सको आईपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका सिइओ रमेन्द्र रायमाझीका अनुसार आज अपरान्ह ४ः३० बजेसम्म दुई लाख ५२ हजार २२८ आवेदकले ५८ लाख ५९ हजार ८४० कित्ताको लागि ५८ करोड ५९ लाख ८४ हजार रुपैयाँको आवेदन दिएका छन् । आज रातिसम्ममा आवेदन दिनेको संख्या अझै बृद्धि हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आजबाट ३० लाख कित्ता आईपिओमा आवेदन खुल्ला गरेको हो । सो मध्ये ४ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ । कम्पनीको आईपिओमा आगामी असोज २५ गते अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS