IME Life New

सानिमा जनरलले पुनः पायो केयर एनपि डबल बी प्लस (आइएस)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स लिमिटेड (एसजीआईसी)लाई दिइएको केयर एनपि डबल बी प्लस (आइएस) को रेटिङ पुनस् पुष्टि गरेको छ। केयर रेटिङ्सका अनुसार यस्तो वर्गिकरण प्राप्त गर्ने बीमकसँग वित्तीय दायीत्वहरू समयमै पुरा गर्ने सन्दर्भमा पूर्वनिर्धारित हुने मध्यम जोखिमको अवस्था रहेको मानिन्छ।

सानिमा जनरललाई तोकिएको मूल्याङ्कनको पुनस् पुष्टिकरण यसको सञ्चालनको छोटो ट्र्याक रेकर्डका कारण सीमित रहेको छ।
अन्य बीमा कम्पनीहरुसंगको उच्च प्रतिस्पर्धा र निर्जीवन बीमा क्षेत्रमा अपेक्षक्षाकृत सानो बजार हिस्सा यसको सीमितता हो । मूल्याङ्कनले सवारी साधन बीमा वापतको आम्दानीमा अत्यधिक निर्भरता, उच्च संयुक्त अनुपातको साथै मध्यम वित्तीय जोखिम, नियामकीय जोखिम पनि कारक तत्वको रुपमा रहेको छ ।

Esewa
Crest

यद्यपि, बलियो प्रवर्द्धकसँगको सानिमा जनरलको सहकार्य , अनुभवी संचालक समिति र व्यवस्थापन टोलीको साथै लगानीमा उचित प्रतिफलको साथ लगानीमा विविधिकरण यसको सबल पक्ष हुन् ।

जोखिम मूल्यांकनको स्थायीत्वको लागी वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमताको साथै सोल्भेन्सी अनुपात कायम गर्न सक्ने क्षमता, लगानीको विविधता र सम्पत्तिको गुणस्तरियता कायम राख्दै आम्दानीमा वृद्धि गर्न सक्ने क्षमता यसको विचारणीय पक्षहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS