IME Life New

साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा छलफल गर्छुः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा छलफल गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा आज बिहान स्ट्याटस पोस्ट गर्दै प्रधानमन्त्री ओलीले यसबारेमा जानकारी गराएका हुन्। ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन्’, उनले लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु। तपाइँहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला। हामीलाई सधैँ झकझकाउनुहोस्। सरकारले त्यसतर्फ काम गर्दै जाने छ।’

Esewa
Crest

आजभोलि धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेको प्रधानमन्त्री ओलीले लेखेका छन्। ‘इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौँ’, उनले लेखेका छन्, ‘जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– अहिले म दैनिक रुपमा सय–पचास रुपैयाँका कारोबार दिनमा ५–६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०–७० रुपैयाँ खर्च हुन्छ। यसरी महिनामा मेरो दुई हजार देखि २२ सयसम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS