IME Life New

सातवटै प्रदेशमा ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। सो अवसरमा क्यापिटलले प्लस २ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी एवं वैदेशिक रोजगारीको लागि विदेशी भाषा शिक्षा अध्ययन गर्ने युवा युवतीहरुलाई लक्षित गरी चैत्र ५ गतेदेखि ९ गतेसम्म देशका सातवटै प्रदेशमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो।

विश्व वित्तीय सप्ताह खासगरी विद्यार्थी तथा युवा युवतीमा अनावश्यक खर्च कटौती गरी वचत गर्ने वानी बसाल्ने तथा वित्तीय शिक्षाको महत्व वुझाउने उद्देश्यले OECD / INFE को संयोजन तथा नेपाल राष्ट्र बैंकको अनुरोधमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ । क्यापिटलका अनुसार उक्त सबै कार्यक्रमहरुमा क्यापिटलका पदाधिकारीहरुले पूँजी वजार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

क्यापिटलका अनुसार प्रशिक्षकहरुले खासगरी बचत तथा लगानी बीचको फरक, मर्चेन्ट बैंकरले गर्ने कार्य, डिम्याट खाता तथा मेरो शेयर सेवा, लगानी व्यवस्थापन सेवा लगायत दोस्रो बजारको वारेमा विस्तारित रुपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरको अवसर तथा जोखिमको बारेमा प्रकाश पारेका थिए ।

सानै उमेरदेखि आफुसँग रहेको पैसालाई एकीकृत गरी पूँजी बजारमा कसरी लगानी, जोखिम पहिचान, लगानी रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

अन्तरक्रियात्मक कार्यक्रमको रुपमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमहरुमा सहभागीहरुको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रममा सम्बन्धित विद्यालय / कलेजका प्रिन्सिपल तथा स्थानिय निकायका जनप्रतिनिधिहरुले ग्लोबल आइएमई क्यापिटलले विद्यार्थीहरुको लागि पूँजी बजारसँग सम्बन्धित विषयमा साक्षरता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

ग्लोबल आइएमई क्यापिटलले समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित विषयमा विभिन्न तालीम तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम मार्फत युवा युवती तथा विद्यार्थीहरुले नेपालको पूँजी बजार सम्बन्धी शिक्षा प्राप्त गरी प्राप्त भएको ज्ञानलाई आगामी दिनमा व्यवहारमा लागू गरी आफनो आम्दानीलाई बचत तथा लगानीको रुपमा प्रयोग गर्ने बानीको विकास हुने विश्वास गरिएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS