IME Life New

साढे ५७% ले बढ्यो हिमालयन बैंकको नाफा, वितरणयोग्य मुनाफा भने साढे ४ अर्बले ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५७.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) बढेर ४.९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.७७ प्रतिशत थियो। खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ४९ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

Esewa
Crest

यो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी भने ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिसम्म २ अर्ब २१ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ३८ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ५९.५१ प्रतिशतले बढेको छ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन बढेर २ खर्ब ९८ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १८.२२ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ अर्ब २१ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १३.८९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १३.६३ रुपैयाँ थियो। पीई रेसियो १५.०५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६२.१७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS