IME Life New

साढे २६%ले घट्यो निर्जीवन बीमकको दाबी भुक्तानी, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुको गत आर्थिक वर्ष २०८०।८१ मा कुल दाबी भुक्तानी घटेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा गत आर्थिक वर्ष २०८०।८१ मा १४ निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीको दाबी भुक्तानी २६.६० प्रतिशतले घटेको हो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्जीवन बीमकहरुको दाबी संख्यामा पनि ९.४४ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमकहरुले १७ अर्ब ९५ करोड ३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका छन्। अघिल्लो वर्षमा निर्जीवन बीमकहरुले २४ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका थिए।

यसैगरी गत आर्थिक वर्ष निर्जीवन बीमकहरुमा १ लाख ५३ हजार ९० वटा दाबी परेका छन्। अघिल्लो वर्ष १ लाख ६९ हजार ४३ वटा दाबी परेको थियो।

गत आर्थिक वर्षमा सर्वाधिक दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २ अर्ब ८३ करोड २० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ।

दोस्रो सर्वाधिक दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २ अर्ब २४ करोड ८७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले २ अर्ब २३ करोड ७० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ।

समीक्षा वर्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७० करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४९ करोड १० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ३८ करोड ९३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका छन्।
त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्सले ८९ करोड १९ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ८२ करोड २४ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ५४ करोड ५५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५३ करोड ३९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ४५ करोड ७१ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका छन्।

उता लघु निर्जीवन बीमकतर्फ गत आर्थिक वर्षमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६८ लाख ६४ हजार रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सले ६५ लाख ६२ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले ६ लाख ७८ हजार रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ लाख ९१ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेका छन्।

समीक्षा वर्षमा निर्जीवन बीमकहरुले ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा २.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष निर्जीवन बीमकहरुले ४० अर्ब ४९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS