IME Life New

साढे २१ सय शेयरभाउ रहेको नेपाल फाइनान्सको ईपीएस साढे २ रुपैयाँ, एनपीएल ९% माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष कम्पनीको नाफामा १०.०१ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

यो वर्ष कम्पनीको सञ्चालन मुनाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ३५ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ९ करोड २४ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १९.८६ प्रतिशतले बढेको छ।

आव २०८०।८१ मा कम्पनीको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) घटेर ९.११ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल १२.१६ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न कम्पनीले ६२ लाख ५८ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

चुक्तापुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४३ करोड १० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

समीक्षा वर्षमा कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.४८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २.७७ रुपैयाँ थियो। पीई रेसियो ३६०.१५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS