IME Life New

साढे तीन कराेड बैंक ऋण लिएका जनकपुर बिगमार्टका साहूकाे व्यापार अब कसरी तङ्ग्रिएला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनकपुरकाे रामानन्द चाेकस्थित जनकपुर बिग मार्टमा भएकाे भीषण आगलागीबाट करिब १० कराेड रुपैयाँ बराबरकाे धनमाल क्षति भएकाे छ।  दैनिक उपभाेग्य वस्तुका साथै कपडा समेत बिक्री काराेबार गर्दै आएकाे मार्टमा विद्युत आपूर्तीमा गडबडीका कारण आगलागी भएकाे हुनसक्ने प्रारम्भिक अनुमान गरिएकाे छ।

Esewa
Crest

आगलागीका कारण बिग मार्टकाे पसलमा भएका सामान मात्र नभएर पक्की भवनकाे भाैतिक स‌ंरचना पनि नराम्ररी क्षति भएकाे छ। शनिबार राति अन्दाजी १ बजेदेखि शुरू भएकाे आगलागी आइतबार बिहान सात बजे मात्र नियन्त्रणमा आएकाे थियाे ।

रायकाे टाउकाेमा सिद्धार्थ बैंक जनकपुरबाट ३ करोड ६५ लाख रुपैयाँ ऋणकाे भार समेत रहेकाे छ । व्यापारी रामबाबु रायले निजी निवास समेत रहेकाे मार्टकाे तेश्राे तल्लाबाट आफूहरुले बडाे मुश्किलले ज्यान जाेगाएकाे बताएका छन् ।

उनले आफूसँग भएकाे सबै सम्पत्ती आगलागीमा ध्वस्त भएकाले पुनः शुन्यबाट व्यापार शुरु गर्न ज्यादै गाह्राे हुने भन्दै चिन्ता जनाए। उनले बै‌ंकबाट ऋण लि‌ंदा बैंकले ऋण बराबरकाे सम्पत्तीकाे बीमा गरे पनि आफूले पसलकाे थप मालसामानकाे बीमा नगराएकाेमा पछुताे मान्दै थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

90%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS