IME Life New

साओमी माेबाइल बिक्री गर्ने टेलि डाइरेक्टकाे व्यापार खुम्चियाे, रू ६ अर्ब ८१ कराेडकाे बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । माेबाइल फाेनकाे बजार मागमा गिरावटसँगै रमेश कर्प अन्तर्गतकाे टेलि डाइरेक्ट प्रा‍.लि.काे व्यापार खुम्चिएकाे छ। इन्फाेमेरिक्स नेपालले प्रकाशन गरेकाे विवरण अनुसार एक वर्षकाे अवधिमा टेलि डाइरेक्टकाे माेबाइल काराेबार १४‍.८० प्रतिशतले खुम्चिएकाे हाे ।

वित्तीय बजारमा तरलता अभावका कारण मध्यमस्तरकाे माेबाइल फाेनकाे मागमा आएकाे गिरावटका कारण बिक्री खस्किएकाे इन्फाेमेरिक्सले उल्लेख गरेकाे छ। माेबाइलकाे व्यापारमा गिरावट आएपनि आयकर र ह्रास कट्टी अघिकाे आम्दानीमा सुधार ल्याउँदै मार्जिन २‍.८८ बाट ३.२१ प्रतिशतमा वृद्धि गर्न सफल भएकाे छ।

Esewa
Crest

आर्थिक वर्ष २०७७।७८ मा ८ अर्ब ४० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे टेलि डाइरेक्टले गत आर्थिक वर्षमा जम्मा ६ अर्ब ८१ कराेड ९० लाख रुपैयाँ मूल्य बराबरकाे काराेबार गरेकाे छ। टेलि डाइरेक्ट नेपालका लागी चिनियाँ माेबाइल ब्राण्ड सा‍ओमीकाे दुई अधिकृत बिक्रेतामध्ये एक हाे । आर्थिक वर्ष २०७६।७७ मा टेलि डाइरेक्टले जम्मा २ अर्ब ६२ कराेड ८० लाख रुपैयाँ मूल्यबराबरकाे माेबाइल फाेन र पार्टपूर्जा बिक्री गरेकाे थियाे।

दुई अर्ब ५० कराेड रुपैयाँ बै‌ंक कर्जाका लागी टेलि डाइरेक्टले गराएकाे क्रेडिट रेटिङ(वित्तीय दायीत्व समयमै पुरा गर्न सक्ने क्षमता) मा आइआरएन एथ्री वर्गिकरण पाएकाे छ। याे स्तरकाे रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्नका लागी कम्पनीकाे वित्तीय अवस्था औसतरुपमा सुरक्षित रहेकाे अवस्था जनाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS