IME Life New

साइबर सुरक्षा नीति सार्वजनिक, नेपालमा पनि अब साइबर आक्रमणविरुद्ध बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूचना प्रविधिकाे माध्यमबाट अभाैतिक सम्पत्तीमाथि अवैध पहुँच स्थापित गर्ने गरी हुने साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम बहन गर्न साइबर सुरक्षा बीमाकाे व्यवस्था गरिने भएको छ । मन्त्रीपरिषदले स्वीकृत गरी सार्वजनिक गरिएकाे पहिलाे राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मा साइबर आक्रमणविरुद्धकाे क्षतिकाे बीमा गरिने उल्लेख छ।

नीतिकाे ११ नम्बर कार्यनीति अन्तर्गत बुँदा नम्बर ११‍.७ मा साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जाेखिम बहन गर्न साइबर सुरक्षाकाे व्यवस्थान गरिने उल्लेख छ। योसँगै साइबर अपराधबाट पीडित व्यक्ति वा संस्थाले बीमा गरेकाे अवस्थामा बीमा दाबी गर्नसक्ने भएका छन् ।

Esewa
Crest

सूचना प्रविधिको माध्यमबाट सिर्जना हुने बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकार संरक्षणको लागि सम्बन्धित कानूनमा संशोधन र एकीकरण गरिने विषय पनि नीतिमा समावेश गरिएकाे छ।

नीतिकाे बुँदा नम्बर ११‍.४ मा साइबर अपराध अनुसन्धान, प्रमाण सङ्कलन, अभियोजन तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मापदण्ड बमाेजिम कानूनी तथा नीतिगत व्यवस्था, साइबर सुरक्षाका मापदण्डहरू कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय मापदण्ड समेतका आधारमा राष्ट्रिय साइबर सुरक्षा संरचना तर्जुमा गरिने समेत उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS