IME Life New

साइन रेसुङ्गाले भार्गव विकास बैंकलाई प्राप्ती गर्न पायो नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । साइन रेसुङ्गाले भार्गव विकास बैंकलाई प्राप्ती गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ ।

१ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षकोे तेस्रो त्रैमाससम्म ३१ करोड ९ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । प्रति शेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा छ भने प्रति शेयर नेटवर्थ १ सय ३९ रुपैयाँ ५९ पैसा रहेको छ ।

Esewa
Crest

यस्तै भार्गव विकास बैंकले चालु आवको दोस्रो त्रैमासको मात्रै वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा बैंकले ३ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै प्रति सेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १ सय २४ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS