IME Life New

सांग्रीला डेभलपमेन्टको १० दिने अभिमुखीकरण तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सांग्रीला डेभलपमेन्ट बैंक लि.ले बैंकमा नबनियुक्त कर्मचारीहरु लाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न गरेको छ । बैंकले आश्विन ७ गते देखि १६ गते सम्म तालिम प्रदान गरेको हो । अभिमुखीकरण तथा बैंकिङ्ग तालिम १० दिनकोे थियो । नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धी कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकिरण गराउने जस्ता उद्देश्य तालिमको रहेको थियो । तालिममा नवनियुक्त ७६ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण तथा बैंकिङ्ग तालिम समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्दै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं तथा बैंकको दिगो विकासमा योगदान हुने बताए ।

Esewa
Crest

कार्यक्रम समापनको अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस्ता तालिमका कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता किसिमका तालिमका कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए ।
कार्यक्रम काठमाण्डौको बबरमहल स्थित साप फल्चा हलमा भएको थियो । कार्यक्रममा सहभागी कर्मचारीहरुले अभिमुखीकरण तथा बैंकिङ्ग तालिम लाभदायक भएको उल्लेख गरे । कार्यक्रममा सहभागी कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सांग्रीला डेभलपमेन्ट बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरि ८७ ओटा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS