IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडांै स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाडौंबीच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का÷रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता गरेको छ । सम्झौतापत्रमा असार २४ गतेका दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र आदान प्रदान गरे ।

Esewa
Crest

नेपाल सरकारले आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गतनै अनलाईन मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको भनाई बिभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले राखे ।

सा्रग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र बर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको भनी आफ्नो भनाई राखेका थिए ।

सो कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन बिभाग, मर्केटिङ्घ बिभागको समेत उपस्थिती रहेको थियो भने बिभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुबेदी, मालपोत तथा भुमिसुधार शाखा (जग्गा प्रशासन)का निर्देशक तथा बिभागका प्रवक्ता रोशन शङ्कर घिमिरे , योजना तथा अभिलेख शाखाका निर्देशक बेद प्रसाद अर्याल, भु सुचना प्रविधीका कम्प्युटर अधिकृत हरिशरण थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS