IME Life New

सहुलियतपूर्ण कर्जाका लागि साढे २ करोड ब्याज अनुदान, कुन शीर्षमा कति प्रवाह ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ मा सहुलियतपूर्ण कर्जाका लागि पौने १९ करोड रुपैयाँ स्वीकृत भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जाका लागि १८ करोड ७६ लाख ९६ हजार ७८७ रुपैयाँ स्वीकृत भएको हो। यो कर्जा सबै प्रकारका बैंक तथा वित्तीय संस्थाबाट १ लाख २० हजार २७४ ऋणका लागि स्वीकृत भएको छ।

Esewa
Crest

समीक्षा वर्षमा कुल स्वीकृत सहुलियतपूर्ण कर्जाका लागि २ करोड ४८ लाख ९० हजार ९५९.८७ रुपैयाँ ब्याज अनुदान दिइएको छ।

स्वीकृत भएकोमध्ये १२ करोड ६८ लाख १८ हजार ९८१ रुपैयाँ कर्जा प्रवाह हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।

सहुलियतपूर्ण कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ रहेको छ। कुल ४६ हजार ३५६ ऋणका लागि ११ करोड १२ लाख ५५ हजार ९३३ रुपैयाँ कर्जा स्वीकृत भएको छ। जसमा बिनाधितोको २९ लाख ५२ हजार ९५८ रुपैयाँ र धितोसहित १० करोड ८३ लाख २ हजार ९७४ रुपैयाँ रहेको छ।

त्यस्तै धेरै सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलतातर्फ स्वीकृत भएको छ। जसअन्तर्गत ७१ हजार ८८३ ऋणका लागि ७ करोड ३९ लाख ८० हजार ७२७ रुपैयाँ स्वीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS