IME Life New

सहकारी ठगीको छानबिन गर्न सूर्य थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी ठगीसम्बन्धी विषयमा छानबिन गर्न नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको संसदीय छानबिन समिति गठन भएको छ। सात सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको हो।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य छन्। समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार दिउँसो ४ बुँदे कार्यादेश तय गरेको थियो। साथै समितिलाई ३ महिनाभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समय तोकिएको छ।

Esewa
Crest

संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्नका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सम्मिलित कार्यदल बनाइएको थियो।

दलहरुबीच सोमबार बेलुका सहमति भएपछि मंगलबार बसेको कार्यदलको बैठकले कार्यादेशलाई अन्तिम रुप दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

84%
amazed

अचम्मित

11%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS