IME Life New

सवारी साधनको पूजा मात्र हैन बीमा पनि गरौं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । आज महानवमी, बडा दशैंको नवौं दिन उपत्यका लगायत पहाडी क्षेत्रमा आजको दिन सवारी साधन तथा औजारहरुको विशेष पूजा गर्ने चलन रहेको छ । तराईवासीले विश्वकर्मा पूजाको दिन सवारी साधन, औजारहरुको विशेष पूजाआजा गर्ने चलन झैं पहाडी भेगमा महानवमीको दिन सवारी साधन पूजा आजा गर्ने चलन रहेको छ ।
महानवमीको दिन विशेष पूजा गर्नाले नवदुर्गाको कृपाले दुर्घटना टार्ने र सवारी साधनले पनि दीर्घायू प्राप्त गर्ने विश्वास रही आएको छ । हिन्दू परिवारमा दशैंको शुभअवसरमा नयाँ सवारी साधन खरिद गर्ने चलन समेत रहेको छ । सवारी साधन खरिद गर्दा तेश्रो पक्ष बीमा अनिवार्यरुपमा गर्नुपर्छ । यातायात व्यवस्था विभागले सवारी साधनको खरिद बिक्रीको लागी तेश्रो पक्ष बीमा अनिवार्य गरेको छ ।
सवारी साधन महँगो मूल्यमा खरिद गरिने र भविष्यमा कुनै दुर्घटना भएमा जनधनको ठूलो क्षति हुनसक्ने संभावना भएकोले सकेसम्म सवारीसाधनको व्यापक बीमा(सवारी, चालक, यात्री र दुर्घटनाबाट तेश्रो पक्षलाई हुने क्षतिको क्षतिपूर्ती समेत) गर्नु बुद्धिमानी हुन्छ । निर्जीवन बीमा कम्पनीहरुको कूल व्यवसायको ४० प्रतिशतभन्दा बढी योगदान सवारीसाधन बीमाको नै छ । कस्तो छ सवारीसाधन बीमाको सुविधा ? सवारी साधन बीमामा नेपालमा मुख्य दुई प्रकारको विकल्प उपलब्ध छ ।
एउटा व्यापक बीमा र अर्को तेश्रो पक्ष बीमा ।
क) व्यापक बीमाः यस बीमा अन्तर्गत कुनै दुर्घटनाको कारणले सवारी साधनमा क्षति पुगेको अवस्थामा बीमा दाबीवापत क्षतिपूर्ती पाइन्छ । यसले चालक वा दुघटनाको कारण कुनै तेश्रो पक्षको मृत्यु, गम्भीर घाइते, अंगभंग भएमा वा सम्पत्तिको नोक्सानी भएको अवस्थामा समेत क्षतिपूर्ती उपलब्ध गराउँछ ।
ख) तेश्रो पक्ष दायीत्व बीमाः यो बीमाले बीमा गरिएको सवारीसाधनले तेश्रो पक्षलाई कुनै क्षति पु¥याएको अवस्थामा तेश्रो पक्षलाई पर्न गएको क्षतिको पूर्ती गर्छ । सवारी साधन(मोटर) बिमा नेपालमै गरिएको भएपनि नेपालबाहेक, भारत, बंगलादेश, भुटान र तिब्बतमा समेत यहाँ बिमा गरिएको सवारी साधन लिएर गएको अवस्थामा कुनै दुर्घटना भएको अवस्थामा क्षतिपूर्ती भुक्तानी पाइन्छ । सवारीसाधन बिमा अन्तर्गत आगलागी, चट्याङ,विष्फोट, भूकम्प, बाढी,पहिरो, भारी वर्षा, असिना, हिमपातको कारण पुग्ने क्षतिवापत क्षतिपूर्ती उपलब्ध हुन्छ । दुघर्टनामा परेर चालक, यात्रु घाइते भएमा वा मृत्यु भएको अवस्थामा पनि क्षतिपूर्ती पाइन्छ । त्यसैगरी बाहिरी कारणले दुर्घटना भएमा, पार्टपूर्जा बिग्रिएर क्षति भएमा, गाडी चोरी वा लुटपाट भएमा साथै तेश्रो पक्ष बीमा अन्तर्गत सवारी साधनले ठक्कर दिंदा तेश्रो पक्षको जनधनमा क्षति पुगेको अवस्थामा पनि क्षतिपूर्ती उपलब्ध हुन्छ ।
कसरी हुन्छ बीमाशुल्कको निर्धारणः
सवारी साधनको बीमाशुल्क निर्धारण गर्दा यसको मूल्यलाई मुख्य आधार मानिन्छ । यसबाहेक यसबाहेक सवारी साधनको सिट क्षमता, सवारी साधनको मूल्य, क्षमता, आफैंले व्यहोर्ने क्षतिको सीमालाई पनि आधार बनाइन्छ । अर्कोतर्फ सवारी साधनको प्रकार, कुन प्रयोजन र कुन भूगोलमा सवारी साधनको प्रयोग गरिन्छ,त्यसको आधारमा समेत जोखिमांकन(अण्डरराइटिङ) गरेर बीमाशुल्क तय गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS