IME Life New

सवारी साधनको तेश्रो पक्ष बीमा के हो ? कत्ति खर्च लाग्छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । यातायात वा ढुवानी प्रयोजनको लागी सवारी साधनको दर्ता वा नविकरण गर्दा तेश्रो पक्ष बीमा अनिवार्य गरिएको छ । सवारी दुर्घटनाका कारण तेश्रो पक्षलाई कुनै हानी नोक्सानी हुन गएको अवस्थामा बीमा कम्पनीमार्फत् क्षतिपूर्ती दिलाउनको लागी तेश्रो पक्ष बीमा अनिवार्य गरिएको हो ।

तपाईले मोटरसाइकल खरिद गर्नुहोस् वा चारपाङग्रे कार,जीप, भ्यान, ट्रक, टिपर सबैको बीमा अनिवार्य हुन्छ । व्यापक बीमा (फुल कभरेज इन्स्योरेन्स) र तेश्रो पक्ष बीमा गरेर दुईवटा विकल्प उपलब्ध गराइएको हुन्छ । व्यापक बीमा अन्तर्गत सवारी साधन चोरी भएमा, कतै ठाेक्किएर सवारीसाधनमा क्षति भएमा, आगजनी भएमा वा अन्य कुनै कारणले क्षति भएमा समेत क्षतिपूर्ती उपलब्ध पाइन्छ भने तेश्रो पक्ष बीमामा सवारी दुर्घटनामा परेर कुनै तेश्रो पक्षलाई क्षति पुग्न गएको अवस्थामा मात्र क्षतिपूर्ती पाइन्छ । बीमाशुल्कवापत तिर्नुपर्ने दुई चार हजार रुपैयाँ जोगाउने लोभमा प्रायः मोटरसाइकल धनीले तेश्रो पक्ष बीमा मात्र गराएका हुन्छन् ।

Esewa
Crest

तेश्रो पक्ष बीमाले आफ्नो सवारी साधन बाहेक अन्य सँग ठोक्किएको सवारी साधन वा अन्य कुनै भौतिक सम्पत्तिको अस्सी लाख रुपैयाँसम्मको जोखिम बहन गर्छ । यसबाहेक अन्य व्यक्तिको मानवीय क्षतिको ८० लाख रुपैयाँसम्म, बीमित तथा गाडीमा सवार चालक र यात्रुहरुको जनही ५ लाख रुपैयाँको दुर्घटना जोखिम समेत तेश्रो पक्ष बीमामा समेटिएको हुन्छ ।

यो बीमा अन्तर्गत निर्जीवन बीमा कम्पनीहरुले तेश्रो पक्ष बीमा गरिएको सवारी साधनको ठक्करबाट हुन जाने मानवीय क्षतिको जोखिम बहन सुविधा अन्तर्गत दुर्घटनामा परेर घाइते भएको अवस्थामा अधिकत्तम तीन लाख रुपैयाँ र मृत्यु भएको अवस्थामा जनही ५ लाख रुपैयाँ क्षतिपूर्ती प्रदान गर्छन् ।

सगरमाथा इन्स्योरेन्सका अनुसार तेश्रो पक्ष बीमाको लागी १००० सिसि क्षमताको चारपाङग्रे सवारी साधनको लागी ३ हजार २० रुपैयाँ,१००० देखि १६०० सिसिसम्मको ४ हजार २० रुपैयाँ र १६०० सिसि भन्दा बढी क्षमताको सवारीसाधनको ६ हजार २० रुपैयाँ न्यूनत्तम बीमाशुल्क भुक्तानी गर्नुपर्छ । यसबाहेक सवारी साधनको याुत्र क्षमताको आधारमा प्रति व्यक्ति ७ सय रुपैयाँ र १३ प्रतिशत मूल्य अभिवृद्धि कर समेत लाग्नेछ । यो बीमाशुल्कमा एक वर्ष अवधिको लागी सवारी साधनको तेश्रो पक्ष बीमा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

5%
sad

दु :खी

5%
amazed

अचम्मित

90%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS