IME Life New

सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, कति बनायो लाभांश क्षमता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा १०.२३ प्रतिशतले बढी हो। नबिल बैंकको यो नाफा वाणिज्य बैंकहरुमै सबैभन्दा बढी हो।

Esewa
Crest

यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब २० करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी १७ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ८.६९ प्रतिशतको कमी आएको छ।

आव २०८०।८१ मा बैंकको ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ३ अर्ब १८ करोड ७० लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षका लागि बैंकको लाभांश क्षमता १४.२६ प्रतिशतभन्दा बढी देखिन्छ।

\बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर १.०७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल १.१८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ३ अर्ब २२ करोड ४३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा २८ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा बैंकले ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले ३ खर्ब ९६ अर्ब ८४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २६.०९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २३.६७ रुपैयाँ थियो। पीई रेसियो २०.०८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२०.१६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS