IME Life New

सर्वसाधारण शेयर जारी गर्ने पहिलो सिमेन्ट कम्पनी-‘शिवम् सिमेन्टको पछिल्लो अवस्था’….

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: शिवम् सिमेन्ट लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर निष्काशनको अनुमति दिएको छ, यो संगै उत्पादनमुलक समूह अन्तर्गत सिमेन्ट कम्पनीमा आइपिओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी ‘शिवम् सिमेन्ट लिमिटेड’ बनेको छ । कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत  तथा स्थानीय वासीन्दाका लागि हाल कायम चुक्ता पुंजीको  २ प्रतिशत गरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) विक्री गर्ने अनुमति पाएको हो ।

कम्पनीको जारी पुंजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ, धितोपत्र बोर्डले शिवम सिमेन्टलाई प्रिमयिम सहित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता ३ सय रुपैयाँ तथा सर्वसाधारणका लागि प्रतिकित्ता ४०० रुपैयाँका दरले निष्काशन गर्ने गरि अनुमति दिएको छ।

Esewa
Crest

कस्तो छ शिवम् सिमेन्ट लिमिटेडको पछिल्लो अवस्था?

सन् २००९ मा हेटौंडाको हटियामा स्थापित शिवम् सिमेन्ट लिमिटेड स्थापनाको चरणमा (तत्कालिन समयको) सर्बाधिक ठुलो सिमेन्ट कम्पनीको रुपमा स्थापना भएको थियो, कम्पनीमा नेपालका प्रतिष्ठित ब्यापारिक घरानाहरुको लगानी रहेको छ ।

अहिले शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो।  कम्पनीले यूरोपियन स्ट्याण्डर्डको जर्मन प्रबिधि प्रयोग गरेर ‘अर्डिनरि पोर्ट्ल्याण्ड सिमेन्ट’-ओपीसि सिमेन्ट उत्पादन गर्दै आएको छ, कम्पनीको हेटौडामा आफ्नै चुनढुंगा खानी रहेको छ।  कम्पनीको दैनिक उत्पादन क्षमता ३ हजार टन सिमेन्ट रहेको छ ।  कम्पनीले आफ्नै क्लिंकरबाट सिमेन्ट उत्पादन गर्दै आएको छ, कम्पनीको दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता छ । कम्पनीले अन्य सिमेन्ट उत्पादक कम्पनीलाई समेत क्लिंकर बिक्रि गर्ने गर्छ।

गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले आईपिओ निष्कासनको अनुमति माग्दै गत चैतमा बोर्डमा आवेदन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५४ करोड ६८ लाख ७९ हजार ४८२ रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षभरी ८१ करोड १३ लाख ७२ हजार ८७७ रुपैयाँ नाफा कमाएको थियो।

गत वर्ष कम्पनीले सात अर्ब ३६ करोड ३६ लाख ८३ हजार ७५५ रुपैयाँ बराबरको उत्पादन गरेको थियो। यो वर्ष पुस मसान्तसम्म उत्पादन चार आर्ब सात करोड २५ लाख ९३ हजार ७१ रुपैयाँमा गरेको छ।

दोस्रो त्रैमासमा कम्पनीको चार अर्ब ४६ करोड २६ लाख  बराबरका सम्पत्ति संयन्त्र र उपकरण रहेका छन्। कम्पनीको शेयर पूँजी तीन अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

शिवम् सिमेन्ट लिमिटेडले चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरि नवलपरासीमा ‘होङसी  शिवम् सिमेन्ट लिमिटेड’ नामको नेपालकै ठुलो सिमेन्ट उद्योगबाट केहि समय अगाडीबाट सिमेन्ट उत्पादन सुरु गरेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ । होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको होङसी  शिवम् सिमेन्ट लिमिटेडमा शिवम् सिमेन्ट लिमिटेड २० प्रतिशत स्वामित्व रहेको छ ।

कम्पनीको शेयर नेपालको पहिलो क्रेडिट रेटिङ्गकम्पनी-इक्रा नेपाल लिमिटेडले  क्रेडिट रेटिङ्ग ग्रेड (आइपिओ) ३+ प्रदान गरेको छ, ग्रेड ३+ रेटिङ्गले कम्पनीका औशत आधारहरु जनाउछ, भने कम्पनीका वित्तीय आधारहरु तुलनात्मक रुपमा सन्तोषजनक रहेको मानिन्छ । सार्वजनिक निष्काशन गरिने सम्पूर्ण शेयर प्रत्याभूति समेत गरिएको छ । कम्पनीको साधारण शेयरमा  संस्थागत लगानीकर्ताले पनि सुरुको दिन देखिनै  आवेदन दिन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS