IME Life New

सर्वमंगला माध्यमिक विद्यालयमा कृषि विकास बैंकको साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनी वीकको पहिलो दिन वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वागमती प्रदेश कार्यालय, गौशालाको संयोजनमा शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालीकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले वित्तीय साक्षताका सम्बन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिंग सेवा, कर्जा, निक्षेप, एजेन्सि सेवा लगायत अन्य विषयका सम्वन्धमा प्रकाश पारे ।

Esewa
Crest

विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्बन्धमा जानकारी प्रदान गरे ।

सन् २०१२ देखी संचालन हुदै आएको कार्याक्रमबाट सन् २०२३ मा मात्र विश्वभरीका १७६ मुलुकका ४० हजार संस्थाहरुको सम्लग्नता मार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् । बैंक तथा वित्तीय संस्था मार्फत कारोवार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ ।

कार्यक्रम सर्वमंगला माध्यमीक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडेल, पाँचखाल नगरपालीका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंक मार्फत कारोवार गर्नुको फाइदाका सम्बन्धमा प्रकाश पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS