IME Life New

सर्भेयरको संख्या ४१० जना मात्रै, बीमा समितिले तालिम संचालन नगर्दा संख्या बढ्न सकेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा काम गर्ने सर्भेयरको संख्या यस वर्ष १२ जनाले घटेका छन् । बीमा समितिका अनुसार फागुन मसान्तसम्ममा ४१० जनाले सर्भेयरको लाइसेन्स प्राप्त गरेका छन्। लाइसेन्स लिएका कतिपय सर्भेयरले नवकरण नगराउदा संख्या घटेको हो । यस वर्ष ३८१ जनाले लाइसेन्स नविकरण गराएका छन् भने थप २९ जनाले नयाँ लाइसेन्स प्राप्त गरेका छन् । समितिका अनुसार हालसम्म ९ सय भन्दा धेरैले लाइसेन्स लिएका छन् ।  तर धेरैले काम गर्न नरुचाउने भएकाले सक्रिय सर्भेयरको संख्या कम देखिएको हो ।

सर्भेयर लाइसेन्स लिए पछि बीमा कम्पनी सँग समन्वय गरेर काम लिनु पर्छ । नयाँ सर्भेयरलाई बीमा कम्पनीले काम नदिने तर पुराना सर्भेयरले काम गरेरै नभ्याउने अवस्थाले गर्दा पनि सक्रिय संख्या घटेको हो ।

Esewa
Crest

बीमितले दाबी भुक्तानीका लागि प्रकृयाँ अपनाउदा सर्भेयरबाट मूल्याङ्कन गराउनु पर्छ । कम्पनीहरुले सर्भेयरले दिएको रिपोर्टका आधारमा दाबी गर्छन्। नेपालमा सर्भेयरको संख्या कम हुँदा बीमितले समयमा दाबी पाउन सकेका छैनन् ।

बीमा समितिको तथ्याङ्क अनुसार ‘क’ वर्गको लाइसेन्स लिनेको संख्या ३७ जना रहेको छ । त्यस्तै ‘ख’ वर्गको ४८ जना, ‘ग’ वर्गको ९५ जना र ‘घ’ वर्गको लाइसेन्स लिनेको संख्या २०९ जना रहेका छन्।

बीमा समितिको नियम अनुसार प्रत्येक बर्षको चैत्र मसान्तसम्ममा सर्भेयरहरुले आफनो लाइसेन्स नविकरण गराईसक्नु पर्ने प्रावधान रहेको छ । चैत्र मसान्तसम्ममा लाइसेन्स नविकरण गराउन नपाउने सर्भेयरहरुले असोज समसान्तसम्ममा दोब्बर दस्तुर तिरेर लाइसेन्स नविकरण गराउने प्रावधान रहेको छ । कोभिड १९ को कारण समितिले यस बर्ष सर्भेयरहरुलाई नविकरणको समयमा छुट समेत दिएको थियो ।

यदि सर्भेयरहरुले बीमा समितिले तोकेको समयमा आफनो लाइसेन्स नविकरण नगराएको खण्डमा पाँच सय रुपैयाँ बिलम्ब शूल्क र प्रत्येक दिनको ५० रुपैयाँको दरले जरीवाना तिनुपर्ने व्यवस्था रहेको छ । असोज मसान्तसम्ममा लाइसेन्स नविकरण नगराउने सर्भेयरहरुको हकमा भने पाँच बर्षको लागि लाइसेन्स खारेज हुने व्यवस्था छ । लाइसेन्स खारेज हुने व्यवस्था भएपनि पाँच बर्ष पश्चात उक्त सर्भेयरले नयाँ लाइसेन्स लिएर पुनः काम गर्न पाउने छन् ।

बीमा समितिको प्रावधान अनुसार ‘क’ बर्गका सर्भेयरहरुले नविकरण शुल्क १२ हजार रुपैयाँ रहेको छ। त्यस्तै ‘ख’ बर्गको सर्भेयरको लागि ९ हजार रुपैयाँ, ‘ग’ वर्गको सर्भेयरको लागि ७ हजार रुपैयाँ र ‘घ’ वर्गको सर्भेयरले ५ हजार रुपैयाँ नविकरण शुल्क भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।

समितिबाट लाईसेन्स लिएको १५ बर्ष पुगेका सर्भेयरले ‘क’ वर्षको लाइसेन्स प्राप्त गर्न सक्छन् । त्यस्तै  १० वर्ष काम गरेका सर्भेयरले ‘ख’ वर्षको लाइसेन्स प्राप्त गर्न सक्छन्। साथै ५ वर्ष काम गरेका सर्भेयरले ‘ग’ वर्गको लाइसेन्स लिन पाउन्छन् भने भर्खरै लाइसेन्स प्राप्त गर्नेले ‘घ’ वर्गको लाइसेन्स लिन पाउछन् ।

चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृत स्तरमा कम्तीमा दश वर्ष भन्दा बढी काम गरेका व्यक्ति तथा बीमा सम्बन्धी विशेष अध्ययन गरेका व्यक्तिले सर्भेयरको लाइसेन्सका लागि बीमा समितिले संञ्चालन गर्ने सर्भेयरको तालिममा सहभागि हुन पाउन्छन् । बीमा समितिले कानुन बमोजिम योग्यता पुगेका व्यक्तिलाई तालिम प्रदान गरे पछि सर्भेयरको लाइसेन्स प्रदान गर्छ ।

बजारमा प्रयाप्त सर्भेयर नहुँदा सर्भेयरहरु घटना स्थल पुग्न सक्दैनन्। कतिपय दाबी भुक्तानी सर्भेयर घटना स्थलमा नपुग्दा समस्या पर्ने गरेको छ। त्यसैले गर्दा बीमा समितिले बजारमा प्रयाप्त सर्भेयरको उत्पादन गर्नु पर्ने देखिन्छ । अर्को तर्फ भौगोलिक रुपमा पनि सर्भेयरको उपलब्धता हुने गरि तालिम दिने तथा लाइसेन्स दिनु पर्ने हुन्छ । समितिले समय समयमा सर्भेयरको तालिम नदिदा संख्या पनि कम हुने गरेको छ । त्यसैले प्रयाप्त सर्भेयरको लागि समितिले समय समयमा सर्भेयरको तालिम खुला गर्ने र यसमा आकर्षित गर्न सक्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS