IME Life New

सर्भेयरको पहिलो लटको तालिम सकियो, आधारभुत तालिम लिएकाले कम्पनीमै गएर १५ दिन इन्ट्रनसिप गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ५ वर्ष पछि बीमा सर्भेयरको तालिम सुरु गरेको छ । समितिले पहिलो चरणमा २५ जनालाई सर्भेयरको तालिम दिएको हो । सर्भेयरको लागि आवेदन खुला गर्दा सुरुमा आवेदन दिने २५ जनालाई तालिम दिइएको हो ।

Esewa
Crest

पहिलो चरणको तालिम समापन कार्यक्रमलाई संवोधन गर्दै कार्यकारी निर्देशक राजुरमण पौडेलले सहभागीहरुलाई कम्तिमा पनि बीमा कम्पनीहरुमा गएर १५ दिन इन्ट्रनसिप अनुरोध अनुरोध गरेका छन् । उनले भने ‘तपाईहरुले ५ दिने तालिममा बीमा सम्बन्धी शैद्धान्तिक ज्ञान प्राप्त गर्नु भयो । अव १५ दिन बीमा कम्पनीमै गएर काम गर्नुहोस् । यसले तपाईहरुलाई बीमाको वास्तविक अभ्यास थाहा हुनेछ ।’

समितिले बीमक संघ सँग समन्वय गरेर इन्ट्रनसिपको लागि सहजिकरण गर्न सहमति गरेको छ । सर्भेयरको तालिममा सहभागीले बीमा समितिबाट चिठ्ठी लिएर आफुलाई पाएक पर्ने बीमा कम्पनीका शाखा तथा केन्द्रिय कार्यलायमा गएर काम गर्न सक्ने छन् । कम्पनीहरु सँग एक पटकमा दुई जना सर्भेयरलाई इन्ट्रनसिप गराउने सहमति भएको पौडेलले जानकारी दिए ।

बीमा कम्पनीहरुले दिएको ‘इन्ट्रनसिप लेटर’ बुझाए पछि आधिकारिक रुपमा सर्भेयरको लाइसेन्स दिने कार्यकारी निर्देशक पौडेलले जनाए । तालिममा सहभागी कतिपयले अन्तिम अवस्थामा आएर इन्ट्रनसिप गर्नु पर्छ भन्दा समस्या सिर्जना भएको प्रतिकृयाँ दिएका थिए । उनिहरुको प्रतिकृयाँलाई संवोधन गर्दै पौडेलले भने ‘यस्तो कार्यले तपाईहरुको बीमा कम्पनीहरु सँग सम्बन्ध बढ्नुका साथै सर्भेयरको काम पनि सिक्ने मौका पाउनु हुनेछ ।’

समितिले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल मार्फत भदौ १० गतेदेखि तालिम सुरु गरेको थियो । दैनिक ५ घण्टाका दरले ५ दिनसम्म तालिम सञ्चालन गरिएको इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले जानकारी दिए । समितिले ५ वर्ष पछि बीमा सर्भेयरको लाइसेन्सको आवेदन खुला गर्दा हालसम्म १२ सय भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

सर्भेयरकोलागि अत्याधिक आवेदन परे पछि आवेदन दिने म्याद सकिनु अगाडिदेखिनै तालिम सुरु गरेको हो । कोभिड १९ का कारण एउटा हलमा २५ जना भन्दा धेरै राख्न नपाउने भए पछि २५/२५ जनाको दरले तालिम सञ्चालन गरिएको समितिका सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए ।

समितिले गत भदौ ८ गतेदेखि प्रस्ताव आह्वान गर्दा ११ सय भन्दा धेरैको आवेदन परिसकेको छ । उनिहरुलाई छिटोभन्दा छिटो तालिम दिएर लाइसेन्स दिइने समितिको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS