IME Life New

सर्भेयरको तालिममा प्रतिनिधि पठाएका दुई जनालाई कारबाही, ५ वर्षसम्म लाइसेन्स नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सञ्चालन गरेको सर्भेयरको तालिममा गैरकानुनी रुपमा प्रतिनिधि व्यक्ति पठाएका दुई आवेदकले लाइसेन्स नपाउने भएका छन् । समितिले कास्कीका शिशिर सुवेदी र पर्साका सौरभ राज विष्टलाई आगामी ५ वर्षसम्म सर्भेयरको लाइसेन्स तथा अन्य पेशागत तालिममा सहभागी हुन नपाउने गरी रोक लगाएको छ । समितिले उनिहरु सहित उनिहरुले तालिममा पठाएका व्यक्तिलाई पनि आगामी ५ वर्षसम्म सर्भेयर तथा अन्य तालिममा सहभागि हुन नपाउने व्यवस्था गरिदिएको छ ।

समितिले कार्तिक २५ गतेदखि २९ गतेसम्म सञ्चालन गरेको बीमा सर्भेयरको आधारमूत तालिममा सहभागी हुन निवेदन दिएका कास्की जिल्लाका शिशिर सुवेदीले तालिममा सहभागी नभई अनधिकृत रुपमा दार्जुलाका हेमराज भट्ट सहभागी भएको पाइएको छ । त्यस्तै कार्तिक ११ देखि १५ गतेसम्म सञ्चालन भएको बीमा सर्भेयरको तालिममा पर्साका सौरभ राज विष्टले काठमाडौंका सुशन श्रेष्ठलाई अनधिकृत रुपमा सहभागी भएको पाइएको हो ।

Esewa
Crest

समितिले तालिमको अनुगमन तथा छानविनबाट यस्तो भेटाए पछि उनिहरुलाई बीमा सर्भेयर तालिम सम्बन्धी कार्यविधी २०७२ को दाफा १२ को उपदफा एक बमोजिम तालिम कार्यक्रमको पुरै अवधिभर उपस्थित जनाउनु पर्ने भन्ने व्यवस्था रहेकोमा तालिमका क्रममा समितिलाई झुक्यानमा पारी अमर्यादित बद्नियत र गैरकानुनी कार्य गरेको पाइएको हो ।

दुबै जनालाई परम् सद्विश्वासको सिद्धान्तको उल्लङ्घन गरेका कारण पेशागत आचरणमा रहन नसक्ने भन्दै समितिबाट संचालन हुने सर्भेयर वा अन्य पेशागत तालिममा पाँच वर्षसम्म सहभागी हुन नपाउने गरी रोक लगाइएको भन्दै सबैलाई यस्तो जानकारी गराएको हो । भोलिका दिनम अन्य व्यक्तिहरुले पनि यस्तो हर्कत नगरुन भनेर समितिले उनिहरुको नाम सार्वजनिक गरिदिएको हो ।

बीमा समितिले ५ वर्ष पछि सर्भेयरको लाइसेन्सका लागि आह्वान गर्दा १३ सय भन्दा धेरैको आवेदन परेको थियो । यसरी सर्भेयरका लागि आवेदन दिने सबैलाई आवेदन दिएको समयका आधारमा तालिम प्रदान गर्दै आइरहेको छ । यहि तालिममा उनिहरुले आफ्नो सट्टामा अरु व्यक्तिलाई पठाइएको पाइए पछि कारबाहीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS