IME Life New

सरकारले बीमालाई पहिलो पटक आत्मसाथ गर्यो अव कार्यान्वयन तर्फ लाग्छौ : अध्यक्ष सूर्य प्रसाद सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत सरकारले बीमालाई आत्मसाथ गरेको प्रतिक्रिया दिएका छन् । उनले भने ‘राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम मार्फत बीमालाई संबोधन गर्नु भयो । बीमाको इतिहासमै पहिलो पटक बजेटबाट यति धेरै कुराहरुको व्यवस्था भएको छ ।’

सरकारले बीमा नै जोखिम हस्तान्तरणको उपयुक्त माध्यम हो भन्ने कुरालाई आत्मसाथ गरेर नै यति राम्रो कार्यक्रमहरु समावेश भएको उनले ठोकुवा गरे । बीमाको कार्यक्रम गरिव जनताले पनि पाउनु पर्छ भन्ने कुरालाई सरकारले मान्यता दिएको अध्यक्ष सिलवालले बताए ।

Esewa
Crest

बजेटमा आएको व्यवस्थालाई हामी सबैले स्वीकार्नु पर्छ उनले भने ‘हामी अव बजेटमा भएको व्यवस्थालाई कार्यान्वयन तर्फ लाग्छौ ।’

सरकारले बजेट वक्तव्य मार्फत जीवन बीमा गर्दा व्यक्तिग आयमा ४० हजार रुपैयाँसम्मको कर छुटको व्यवस्था गरिदिएको छ । बीमा कलेज खोल्नेदेखि लिएर महाविपत्ती बण्ड सञ्चालन गर्नेसम्मका कार्यक्रम समावेश गरेको छ । लघुबीमा कम्पनी खोल्ने, एक परिवार एक बीमाको नारा लगायतका कुराहरु समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS