IME Life New

सरकारले पूँजीगत खर्चमा मुठ्ठी कस्दा अर्थतन्त्र शिथिल बनेको राष्ट्र बैंकको भनाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले निर्माण क्षेत्रको गतिविधि ठप्प हुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको बताएका छन् । प्रतिनिधि सभाको अर्थ समितिले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा राष्ट्र बै‌ंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान पुर्याउने निर्माण क्षेत्रको मागमा स‌ंकुचनले ठूलो प्रभाव पारेको बताएका हुन् ।

छलफलमा सहभागि केन्द्रीय बै‌ंकका उच्च अधिकारीहरूले निर्माण गतिविधिमा शिथिलता, सहकारी र लघुवित्तमा देखिएको संकट र बै‌ंक ऋण नतिर्न गरिएको आन्दोलनले अर्थतन्त्र चलायमान बनाउन चुनाैती थपेको बताए । साना बचतकर्ता र व्यापारीको ठूलो बचत रहेको सहकारी डुब्दा साना व्यापारीसँग लगानीका लागि पैसाको श्रोत स‌ंकुचित भएको छ। झापाका व्यापारी दुर्गा प्रसाई‌ंले २० लाख रुपैयाँभन्दा सानो कर्जा मिनाहा गर्न माग गर्दै शुरु गरेको अभियानले बै‌ंकहरू समेत साना व्यापारीलाई कर्जा लगानी गर्न हच्किएका छन्।

Esewa
Crest

निर्माण क्षेत्रलाई चलायमान बनाउन सरकारी पूँजीगत खर्च बढ्नु अनिवार्य हुन्छ। स‌ंघीय संरचनाका कारण बढ्दो चालू खर्चको दबाबले सरकारले पूँजीगत खर्चमा मुठ्ठी कस्सिएर बसेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आवको भदाैसम्म कूल खर्चमध्ये चालू खर्च ८७ अर्ब ६६ करोड रहेकोमा पूँजीगत खर्च जम्मा ८ अर्ब १६ करोड रुपैयाँमा सीमित रह्यो ।

निर्माण सामाग्रीहरु गिट्टी बालुवा इँट्टा, सिमेण्ट, डण्डी,जस्तापाता र रंगरोगन सामाग्री उत्पादन गर्ने उद्योगमध्ये साना उद्योगहरुको उत्पादन ६ महिना भन्दा अघि देखि नै ठप्प छ। ठूलो पूँजी लगानी भएका निर्माण सामाग्री उद्योगहरु पनि उत्पादन क्षमताको ३५ देखि ४० प्रतिशत मात्रै उत्पादन गर्नुपरेको छ।

छलफलमा डेपुटी गभर्नर बमबहादुर मिश्रले सरकारी पूँजीगत खर्च नबढेसम्म निर्माण क्षेत्र चलायमान बनाउन नसिकने बताए । उनले निर्माण क्षेत्र चलायमानभएसँगै बैंकिङ क्षेत्रको पूँजी पनि चलायमान हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS