IME Life New

सम्पत्ति शुद्धीकरणमा सीआईटी र ईपीएफका लागि आयो नयाँ व्यवस्था, नियम मिचे यस्ता कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी सञ्चय कोष (ईपीएफ)का लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था जारी गरेको छ। यो व्यवस्था कार्यान्वयन गर्न दुवै निकायलाई राष्ट्र बैंकले निर्देशन पनि दिएको छ।

नयाँ व्यवस्थामा नीति तथा कार्यविधिदेखि ग्राहक पहिचान तथा सम्पुष्टिका सम्बन्धमा राष्ट्र बैंकले विभिन्न व्यवस्था तय गरेको छ। उच्च पदस्थ व्यक्ति पहिचान, वास्तविक धनी पहिचान, सरलीकृत ग्राहक पहिचान र बृहत ग्राहक पहिचान सम्बन्धमा पनि केन्द्रीय बैंकले विभिन्न व्यवस्था गरेको छ।

Esewa
Crest

अब दुवै निकायले ग्राहक तथा वास्तविक धनी पहिचान अद्यावधिक गर्नुपर्नेछ। ग्राहक पहिचान गर्दा तथा ग्राहकको विवरण अद्यावधिक गर्दा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइलाई दिनुपर्ने न्यूनतम सूचना वा जानकारी लिनुपर्नेछ।

ग्राहक तथा वास्तविक धनीको पहिचान गर्दा संस्थाले अनिवार्य रुपमा जोखिममा आधारित ग्राहक पहिचान प्रक्रिया अवलम्बन गर्नुपर्नेछ। सबै वर्गका ग्राहक तथा वास्तविक धनीको पहिचान गर्न, अद्यावधिक गर्न र थप जानकारी माग गर्न एउटै विधि तथा प्रक्रिया अवलम्बन नगरी सम्बन्धित ग्राहक, कारोबार, स्थान र सेवाको प्रकृति अनुसार जोखिम अनुमान गरी सोको आधारमा गर्नुपर्नेछ। ग्राहक तथा वास्तविक धनीको पहिचान एवं अद्यावधिक गर्ने कार्यलाईसंस्थाले आफ्नो नीति तथा कार्यक्रमको मुख्य कार्ययोजनामा समावेश गरी सोको नियमित रुपमा अनुगमन गर्ने व्यवस्था गर्नुपर्नेछ।

राष्ट्र बैंकले यो व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन नभएको अवस्थामा संस्था र त्यस्ता संस्थाका कर्मचारी र तथा पदाधिकारीलाई सम्पत्ति शुद्धीकरण ऐनबमोजिम कारबाही हुने व्यवस्था गरेको छ। नियम पालना नभएको अवस्था, उल्लघंनको मात्रा र सोबाट पर्न सक्ने प्रणालीगत प्रभावलगायतका विषयमा गम्भीर्यताका आधारमा राष्ट्र बैंकले सचेत गराउनेदेखि ५ करोड रुपैयाँसम्म जरिवानाको गर्ने व्यवस्था पनि गरेको छ।

यस्ता छन् कारबाहीको प्रकृति

EPF-CIT-AMLCFT

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS