IME Life New

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको छ।

समृद्धि फाइनान्सले यसअघि आफ्नो इटहरी शाखा र जनकपुर शाखामार्फत पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ। यस महिनाभर तीनवटै शाखाबाट जम्मा १३१ पिन्ट रगत संकलन भएको छ।

Esewa
Crest

समृद्धि फाइनान्स सधैं ग्राहक हितमा समर्पित रहँदै समाज सेवाका गतिविधिहरूमा संलग्न रहन प्रतिवद्ध छ। भविष्यमै पनि यस्ता कार्यक्रमहरूमार्फत संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS