IME Life New

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थीलाई स्टेशनरी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २८ गते शुक्रबार कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको श्री राट्रिय आधारभुत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाइ कापी र कलम वितरण गरेकोे हो ।

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्यको सो कार्यक्रम खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका मेयर अजय थापा र कसाह शाखाले वडा अधक्ष्य रामभरोश यादवको अधक्ष्यतामा सम्पन्न गरेका हो ।

Esewa
Crest

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेको र आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS