IME Life New

समृद्धि फाइनान्सको वार्षिक साधारणसभा आह्वान, शेयरधनीको हात भने रित्तै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले आउँदो मंसिर ६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडास्थित होटल एभोकाडा ‘अर्किड रिसोर्ट’मा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँगै मर्जर वा प्राप्तिको बाटो खुला गर्नेछ। यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थाको नियमावली र प्रबन्धपत्र संशोधनको प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

गत आर्थिक वर्षका लागि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन। यसको अर्थ कम्पनीका शेयरधनीहरुले यसपालि कुनै पनि किसिमको लाभांश पाउने छैनन्।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा सहभागी हुन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS