IME Life New

समृद्धि फाइनान्सका ग्राहकलाई गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा दूध डेरी खरेन्द्रपुरमा आकर्षक छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंगलबार कपिलवस्तुको खरेन्द्रपुरस्थित गौतम बुद्ध पोलिक्लिनिक प्रालि र हाम्रो केक तथा दूध डेरीसँग छुट सम्झौता गरेको छ।

समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले २०८० मंसिर १९ गतेदेखि २०८१ मंसिर १८ गतेसम्म समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा क्यूआर प्रयोग गरी समझदारी भएका पोलिक्लिनिक तथा डेरीमा वस्तु तथा सेवाको उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउनेछन्। यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ।

Esewa
Crest

समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे, गौतम बुद्ध पोलिक्लिनिकका तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दूध डेरीका तर्फबाट सीतादेवी खासुले हस्ताक्षर गरेका छन्।

फाइनान्सका ग्राहकले गौतम बुद्ध पोलिक्लिनिकमा नियमित ओपीडी चार्जमा १०० प्रतिशत छुट, वेड चार्ज, एक्सरे चार्ज र ल्याब चार्जमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यसका साथै हाम्रो केक तथा दूध डेरीमा सबै किसिमका बेकरी प्रडक्टमा समृद्धि फाइनान्सका ग्राहकले ५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS