IME Life New

समृद्धि फाइनान्सका ग्राहकले मेघा हस्पिटलमा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २० गते मेघा हस्पिटल सानेपा, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले मिति अब २०८३ असार २० गते सम्म समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटल प्रा.लि सानेपा, काठमाडौंमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा ३०% र फार्मेसीमा १५% छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक किशोर जंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS