IME Life New

समस्याग्रस्त १० सहकारीका ठूला ऋणीहरुको नामावली सार्वजनिक, को-को छन् ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समस्याग्रस्त १० सहकारी संस्थाका ठूला ऋणीहरुको नामावली सार्वजनिक भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित २० सहकारीमध्ये १० वटाका ठूला ऋणीको नाम सार्वजनिक गरेको हो। कार्यालयले पटक–पटक ऋणको साँवा–ब्याज भुक्तानी गर्न ताकेता गर्दा तिर्न नआएपछि ती ऋणीहरुको नाम बाहिर ल्याएको हो।

Esewa
Crest

नामावली सार्वजनिक गरिएका ऋणीहरुलाई कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न कार्यालयले सूचित गरेको छ। अन्यथा कानुनबमोजिम कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ।

कार्यालयले समस्याग्रस्त घोषित घेदुङ, हाम्रो सगरमाथा, तपाइँ हाम्रो, नागरिक कल्याण र आइडिया नेपाल बहुउद्देश्य सहकारी संस्थाका ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको छ।

यसैगरी नेपाल सहकारी वित्तीय, गौतम श्री, ओरेन्टल को–आपरेटिभ, नेपाल वित्तीय सहकारी र तुलसी बहुमुखी सहकारीका ठूला ऋणीहरुको नाम पनि कार्यालयले सार्वजनिक गरेको छ।

कर्जाको रकम नबुझाउने बाँकी ऋणीहरुको नाम पनि क्रमिक रुपमा सार्वजनिक गरिने कार्यालयले जनाएको छ।

सूचना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS