IME Life New

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने अर्थमन्त्रीको प्रतिवद्धता, नगद प्रवाहको अध्ययन गर्न बनाए समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पद तथा गोपनियताको शपथ ग्रहण लगत्तै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा डा. महतले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पुर्ण राज्य संयन्त्र नै लाग्ने उनले बताए ।

नवनियुक्त अर्थमन्त्री महतले पदभार ग्रहण गर्दै सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गरेका छन् ।

Esewa
Crest

साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताएका छन् । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै महतले लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने आश्वासन समेत दिएका छन् ।

यो समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा बन्ने तदर्थ समितिमा महालेखा नियन्त्रण कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, सार्वजनिक ॠण व्यवस्थापन कार्यालयका प्रमुख, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, अन्तर्राष्ट्रिय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सदस्य रहनेछन् । सो समितिले सरकारको कोषको अवस्था र सरकारको नगद प्रवाह विश्लेषण गरेर सरकारलाई सुझाव दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS