IME Life New

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११ कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँड भएको हो।

एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकमार्फत १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ३९९ आवेदन रद्द भएका छन् भने १३ लाख ४७ हजार ५१३ आवेदन स्वीकृत भएको थियो । सोही अनुसार एफपीओ बाँडफाँड भएको हो ।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेकाले उक्त एफपीओ गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको हो । जसअनुसार ३५ हजार ९० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँडफाँडमा बाँकि रहेको ४.२५ कित्ता शेयर १ कित्ताका दरले ४ जनालाई र ०.२५ कित्ता एक जनालाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS