IME Life New

सबै भन्दा ठुलो म्युचुअल फण्डको इन्स्योरेन्समा लगानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: हाल नेपालमा सञ्चालनमा रहेका  म्युचुअल फण्ड मध्ये सबैभन्दा ठुलो फण्ड सिद्धार्थ इक्वीटी  फण्डको रहेको छ। सिद्धार्थ इक्युटि फण्ड १ अर्ब ५० करोड बराबरको फण्ड हो। त्यस्तै हाल सञ्चालनमा आएका म्युचुअल फण्ड मध्ये सबै भन्दा धेरै समयावधि रहेको म्युचल फण्ड रहेको छ। यो फण्ड सञ्चालनमा आएको १० वर्ष पछि मात्र परिपक्व हुने छ। यति ठुलो म्युचल फण्ड भए पनि उसले शेयरमा २३ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ।

जेष्ठ महिनाको वित्तीय विवरण अनुसार फण्डले शेयरमा गरेको लगानी मध्य  सञ्चालनमा आएका इन्स्योरेन्स कम्पनीमा ७ करोड ६५ लाख बराबरको लगानी रहेको छ। फण्डको शेयर लगानीको ३२ प्रतिशत हिस्सा इन्स्योरेन्स क्षेत्रको रहेको छ। फण्डले इन्स्योरेन्स कम्पनी मध्ये सबै भन्दा धेरै नेपाल लाईफको शेयरमा लगानी गरेको छ। फण्डसंग नेपाल लाईफको मात्रै २ करोड २ लाख बराबरको शेयर छ। दोश्रोमा प्राइम्न लाईफ रहेको छ। फण्डले प्राईम लाइफको १ करोड ६४ लाख बराबरको शेयरमा लगानी गरेको छ।
उसले ७ वटा इन्सुरेन्स कम्पनीमा मात्र लगानी गरेको छ। जसमा ३ वटा जीवन बीमा कम्पनी छन् भने ४ वटा निर्जीवन बीमा कम्पनी।

Esewa
Crest

हेरौँ सिद्धार्थ इक्युटि फण्डको इन्स्योरेन्स कम्पनीमा लगानीको अवस्था :


फण्डले २३ करोड ९४ लाख रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ , मुद्दती खातामा १५ करोड राखेको छ भने बैङ्क मौजातमा १ अर्ब १० करोड रुपैयाँ राखेको छ।

कम्पनीको जेष्ठ महिना सम्मको प्रति ईकाई खुद मूल्य १० रुपैया १५ पैसा रहेको छ भने साताको उपलब्ध प्रति ईकाई खुद मूल्य १० रुपैया १४  पैसा रहेको छ।

दोश्रो बजारमा प्रति ईकाई ८ रुपैया ८२ पैसामा  अन्तिम कारोवार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS