IME Life New

सफाइ पाएसँगै सिलवालको पूरै कार्यकाल गणना हुने, बाँकी अवधिको तलबभत्ता पनि पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विशेष अदालतबाट सफाइ पाएसँगै नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालको पूरै कार्यकाल गणना हुने भएको छ। योसँगै सिलवालले कार्यकाल पूरा हुन बाँकी अवधिको तलबभत्ता पनि पाउने भएका छन्।

विशेष अदालतले आज सिलवाललाई कीर्ते तथा भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्दै सिलवालमाथि गत मंसिर २४ गते कीर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Esewa
Crest

मुद्दा दायर भएलगत्तै सिलवाल प्राधिकरणको अध्यक्षबाट पदमुक्त भएका थिए। उनको कार्यकाल गत माघ १९ गतेसम्म रहेको थियो। अदालतबाट सफाइ पाएपछि अब सिलवालले माघ १९ गतेसम्मको तलबभत्ता पाउनेछन्। ‘अदालतबाट सफाइ पाएको अवस्थामा अब कानुनतः उहाँले पूरै कार्यकालको तलबभत्तालगायतका सुविधा पाउनुहुनेछ’, प्राधिकरणका  एक उच्च अधिकारीले भने।

अदालतबाट सफाइ पाए पनि कार्यकाल सकिएकोले सिलवाल प्राधिकरणमा पुनर्बहाली हुने छैनन्। सरकारले गत सातामात्रै शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

12%
sad

दु :खी

6%
amazed

अचम्मित

6%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS