IME Life New

सप्तकोशी डेभलपमेन्ट बैंक नाफामा, ईपीएस पनि धनात्मक, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा बैंकले २ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १८ करोड ३३ लाख रुपैयाँले घाटामा थियो।

Esewa
Crest

यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ३ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष २५ करोड ६३ लाख रुपैयाँ सञ्चालन घाटा थियो।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १७ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी १८ करोड ३ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ०.४१ प्रतिशतको कमी आएको छ।

आव २०८०।८१ मा बैंकको ४३ करोड ६५ लाख रुपैयाँले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि वितरणयोग्य मुनाफा ४१ करोड ५३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ९.६८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १२.९९ प्रतिशत थियो।

चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा २६ करोड १ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ करोड ६१ लाख रुपैयाँ थियो। रिजर्भको आकार २०.२९ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंकले ६ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले ६ अर्ब ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २.७० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.९८ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो १५९.३१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ७८.८५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS