IME Life New

सन् २०२३ भरि विश्व अर्थतन्त्रमा शिथिलता, नेपाल लगायत विकासोन्मुख देशहरुमा कस्तो रहला प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२३ भरि विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२३ अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपण अनुसार विश्व अर्थतन्त्र र विकसित एवम उदीयमान अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा थप कमजोर हुने र सन् २०२४ मा सीमान्त रुपले मात्र सुधार हुने देखिएको बैंकले जनाएको छ ।

विकसित मुलुकको वित्तीय क्षेत्रले सामना गर्नु परेको दबाबका कारण विकसित एवम् उदीयमान अर्थतन्त्र प्रभावित भएको हुँदा यी अर्थतन्त्रहरुको साथै विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर सन् २०२३ जनवरीमा गरिएको प्रक्षेपणभन्दा कम रहने प्रक्षेपण कोषले गरेको हो ।
विश्व अर्थतन्त्र सन् २०२२ मा ३.४ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा २.८ प्रतिशत र सन् २०२४ मा ३.० प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, विकसित अर्थतन्त्र सन् २०२२ मा २.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा १.३ प्रतिशत र सन् २०२४ मा १.४ प्रतिशतले विस्तार हुने कोषले जनाएको छ ।

Esewa
Crest

उदीयमान तथा विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र सन् २०२२ मा ४.० प्रतिशतले विस्तार भएकोमा २०२३ मा ३.९ प्रतिशत र २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा रहेको राष्ट्र बैंकले जनाएको छ ।

छिमेकी मुलुकहरु भारत र चीनको अर्थतन्त्र सन् २०२२ मा क्रमशः ६.८ प्रतिशत र ३ प्रतिशतले विस्तार भएकोमा सन्२०२३ मा क्रमशः ५.९ प्रतिशत र ५.२ प्रतिशतले तथा सन्२०२४ मा क्रमशः ६.३ प्रतिशत र ४.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS