IME Life New

संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्दै एनएमबि लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व परिमार्जन गर्ने भएको छ। यसका लागि संस्थाले १० प्रतिशत संस्थापक शेयर साधारण सेयरमा परिणत गर्ने भएको छ।

संस्थाको सञ्चालक समितिको शुक्रबार (वैशाख १४ गते) बसेको बैठकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्ने निर्णय गरेको हो। यसका लागि नेपाल राष्ट्र बैंकसमक्ष पूर्वस्वीकृतिका लागि अनुरोध गर्ने निर्णय पनि संस्थाले गरेको छ।

Esewa
Crest

शेयर स्वामित्व परिमार्जन गरेपछि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ। हाल संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS