IME Life New

संसदमा भइरहेको लज्जास्पद विरोधप्रति खेद छः स्वर्णिम वाग्ले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसदमा भइरहेको विरोध लज्जास्पद रहेको र यसप्रति घोर खेद रहेको बताएका छन्।

कांग्रेसको विरोधका बाबजुद आज संसदमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा सार्वजनिक गर्दै सांसद वाग्लेले संसदमा भइरहेको विरोधप्रति खेद प्रकट गरेका हुन्। ‘संसदको ओज, संसदको गरिमा र संसदको उपादेयतालाई असान्दर्भिक बनाउने यो कदमप्रति मेरो खेद छ’, उनले भने, ‘७४ लाख सहकारी बचतकर्ताको समस्या समाधान गर्नतिर लाग्ने हो कि व्यक्तिकेन्द्रित भएर खराब नजिक बनाउने हो मूल मुद्दा ?’

Esewa
Crest

सहकारीका विषयमा उठेका मुद्दाको छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भइसकेको पनि वाग्लेले बताए। ‘यो औचित्यहीन र कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन’, उनले भने।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफ्नो पार्टीको समर्थन रहेको वाग्लेले बताए। ‘नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरु कार्यान्वयन हुने विश्वासका साथ त्यसमा हाम्रो पार्टीको पूर्ण सहयोग छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS