IME Life New

संविधान दिवसमा ‘लघुवित्त संरक्षणको नारा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा लघुवित्तका सदस्यहरूले लघुवित्त संरक्षणको आवाज उठाएका छन् । लघुवित्त वित्तीय संस्थाविरुद्ध राजनीतिक हस्तक्षेप बढेको भन्दै लघुवित्तका सदस्यहरूले संविधान दिवसमा आयोजित प्रभातफेरीमा संरक्षणका लागि आवाज उठाएका हुन् । ९ औं संविधान दिवसको दिन बिहीबार बिहान विराटनगरमा निकालिएको प्रभातफेरीमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्टलगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरतासहित लघुवित्त संरक्षण गर्न माग गरे ।

लघुवित्त सदस्यहरूले ‘लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन, लघुवित्तलाई संरक्षण गर, लघुवित्त माथिको राजनीतिक हस्तक्षेप बन्द गरलगायतको प्ले कार्डसहित प्रभातफेरीमा सहभागी भएका थिए । लघुवित्तमाथि भइरहेको अनावश्यक हस्तक्षेप रोक्नका लागि आग्रहसहित विभिन्न लघुवित्तका सदस्यले प्रभातफेरीमा सहभागिता जनाएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रवक्ता सुदीप मण्डलले जानकारी दिए ।

Esewa
Crest

संविधान दिवसमा विराटनगरको आदर्श स्कुलबाट सुरु भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोकबाट मेनरोड हुँदै गोल्छा चोकबाट डाँफे चोकहुँदै आदर्श स्कुलमा नै पुगेर समापन भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजनामा भएको प्रभातफेरीमा १५ वटा जातजातिका झाँकीसहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी,सदस्य, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलगायत सहभागी थिए ।

प्रभातफेरीपछिको औपचारिक समारोहमा संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीयता कार्यन्वयनको महत्वपूर्ण अंग प्रदेश भएको बताए । तीन तहको अधिकार बाँडफाँड नहुँदा समस्या प्रदेशले भोगिरहेको उनको भनाइ थियो । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएको उनको भनाइ छ । उनले प्रदेश सरकार सुरुङ यात्रामा हिडेजस्तो अवस्थामा रहेको गुनासो गरे ।

‘प्रदेश सरकार सुरुङयात्रामा हिडेजस्तो अवस्थामा छ । दायाँ कुम चलाउँदा संघीय सरकार ठोक्किने, बायाँ चलायो स्थानीय सरकार ठोक्किने, अलिकति उफ्रिएमा माथिको पर्खालमा ठोक्किने,’ उनले भने,‘यस्तो परिस्थितिबाट प्रदेशलाई बलियो बनाउँदै आफ्ना अधिकारहरु खोज्दै जनतामा आशाको सञ्चार जागृत गराउने कार्यमा दत्तचित्त भएर लागीरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS