IME Life New

शेयर लोनमा राष्ट्र बैंकको अड्को, मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न किन पछि हट्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याइएको शेयर लोनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक पछि हटेको देखिन्छ।

केन्द्रीय बैंकले आज मौद्रिक नीतिमा ल्याइएका व्यवस्था कार्यान्वयन गर्न भन्दै बैंक तथा वित्तीय संस्थाहरुको नाममा जारी एकीकृत निर्देशनमा संशोधन र थपघट गरेर सार्वजनिक गरेको छ। योसँगै संशोधित व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन पनि दिएको छ।

Esewa
Crest

संशोधित एकीकृत निर्देशनमा मौद्रिक नीतिमार्फत शेयर लोनका लागि ल्याइएको व्यवस्थाबारे भने केही बोलिएको छैन। मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई शेयर लोनमा लगाइएको क्याप खारेज गरिएको छ। यसअघि संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म शेयर लोन लिन पाउने व्यवस्था थियो। व्यक्तिगततर्फको शेयर लोन १५ करोड रुपैयाँको क्याप भने यथावत नै राखिएको छ।

संस्थागततर्फ खारेज भएको शेयर लोनको क्यापसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छैन। ‘अहिले क्लियर भएका व्यवस्थाहरुमात्रै कार्यान्वयन गर्न भन्दै एकीकृत निर्देशन संशोधन गरी ल्याइएको छ’, राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले इन्स्योरेन्स खबरसँग भने, ‘मौद्रिक नीतिमार्फत लिइएका व्यवस्था विस्तारै कार्यान्वयन गर्दै लगिनेछ।’

शेयर लोनसम्बन्धी व्यवस्था पनि विस्तारै कार्यान्वयनमा आउने प्रवक्ता पौडेलको भनाइ छ। ‘राष्ट्र बैंकको सञ्चालक समितिबाटै पारित भइसकेको व्यवस्था कार्यान्वयन हुन्छ तर विस्तारै हुन्छ’, उनले भने, ‘एकीकृत निर्देशनमा नआईकन मौद्रिक नीतिमा मात्रै आएको भरमा बैंकहरुले कार्यान्वयन नगर्ने भन्ने हुन सक्छ। तर, केही समयमै सबै कुरा क्लियर हुन्छ।’

मौद्रिक नीतिमा संस्थागत लगानीकर्ता शेयर लोनमा लगाइएको क्याप हटाएपछि बजारले लय लिन थालेको बजार जानकारहरु बताउँछन्। संस्थागत लगानीकर्ता धमाधम बजार प्रवेश गर्न थालेको उनीहरुको भनाइ छ। तर, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लिइएको शेयर लोनसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्दा शंका उत्पन्न भएको उनीहरुको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

0%
excited

उत्साहित

44%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS