IME Life New

शेयर धितो कर्जाको माग १८%ले बढ्यो, कुन रेन्जको लोन कति प्रवाह ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारले पछिल्लो समय लय समातिरहेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनु र अर्थमन्त्री भएर विष्णु पौडेल आउनुले शेयर बजारमा रौनकता छाडिरहेको छ। त्यसमाथि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केही लचकता अपनाएसँगै बजार बढ्न थालेको छ।

पछिल्लो समय शेयर धितो कर्जाको माग पनि बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।८१ को तथ्यांकले यस्तो देखाएको हो।

Esewa
Crest

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असार मसान्तमा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो।

राष्ट्र बैंकले सर्वाजनिक गरेको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा २५.१ प्रतिशतले बढेको छ। २०८१ असारसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।

यसैगरी २०८१ असारसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा १२.८ प्रतिशतले बढेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम शेयर धितो कर्जा ३.९ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा यो रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS