IME Life New

शेयरकाे धिताेमा कर्जा लिएकाे  संस्थापक शेयरधनी सम्बन्धी विवरण किन खुलाउँदैनन् बीमा कम्पनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमकको संस्थागत शेयर कारोबार सम्बन्धी निर्देशिकाको व्यवस्थालाई बेवास्ता गर्दा समेत नेपाल बीमा प्राधिकरण(साबिक बीमा समिति)ले वित्तीय विवरण स्वीकृत गर्दै आएको पाइएको छ । प्राधिकरणले जारी गरेको बीमककोे संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ को दफा ६ को उपदफा ६ बमोजिम संस्थापक शेयर धितोमा ऋण लिने संस्थापक शेयरधनीको विवरण वित्तीय विवरणमा खुलाउनुपर्ने प्रावधान छ । एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका संस्थापकको हकमा यो प्रावधान आकर्षित हुन्छ ।

कुनै पनि बीमा कम्पनीले वार्षिक वित्तीय प्रतिवेदन प्रकाशन गर्नु अघि पूर्व स्वीकृतिको लागी नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान छ । प्राधिकरणले विद्यमान कानून, नियम नियमावली र विधि अनुसार वित्तीय विवरण तयार पारे नपारेको निश्चित गरेपछि मात्र वार्षिक वित्तीय विवरण स्वीकृत गर्छ । प्राधिकरणको सम्बन्धित महाशाखाका कर्मचारीले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ को प्रावधानहरुको पूर्ण पालना नै नभई वार्षिक प्रतिवेदन स्वीकृत गरेको पाइएको छ ।

Esewa
Crest

निर्देशिकाको प्रावधान अनुसार आर्थिक वर्ष २०७६।७७ देखिको वार्षिक वित्तीय विवरणमा संस्थापक शेयर धितोमा बैंक तथा वित्तीय संस्थाबाट १ प्रतिशत वा सोभन्दा बढी शेयर भएका संस्थापक शेयरधनीले कर्जा लिएको विवरण प्रकाशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ । तर जीवन बीमा कम्पनीहरुमध्ये साधारण सभा सम्पन्न गरिसकेका सूर्या लाईफ र एशियन लाईफले २०७७।७८ को वार्षिक प्रतिवेदन विवरणमा समेत संस्थापक शेयर धितोको कर्जा बारे विवरण उल्लेख छैन ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्सले मात्र संस्थापक शेयरधनीले शेयर धितोमा लिएको कर्जाबारे विवरण प्रकाशन गरेको छ । संस्थापक शेयर धितोमा ऋण लिन योग्य रहेका एलआइसी नेपाल, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स विवरण प्रकाशन गरेका छैनन् ।
सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, आइएमई जनरल(आइजिआइ) लगायत पुराना निर्जीवन बीमकले पनि यस सम्बन्धी विवरण आफ्नो वार्षिक प्रतिवेदनमा प्रकाशन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS