IME Life New

शिखर इन्स्योरेन्स पनि मर्जरको दाउमा, नियामकीय पूँजी पुर्याउन बोनस नदिइ जोडी खोज्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले पनि मर्जरमा जाने संकेत गरेको छ । कम्पनीले व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनी सँग गाभ्ने/गाभिने वा प्राप्तिको लागि प्रयास गर्ने भएको छ । यदि मर्जरमा जाने वातावरणको सृजना भएमा सोहि अनुसार पूँजी जुटाउने कम्पनीले जनाएको छ ।

कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले तत्काल बोनस शेयर तथा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को जगेडा कोषमा रहेको रकमबाट बोनस शेयर वितरण गरेर बीमा समितिले निर्देश गरेको चुक्ता पूँजी पुग्ने भएता पनि कम्पनीले पूँजी जुटाउने अन्य उपायको खोजी गर्ने भन्दै अहिले बोनस शेयर वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले यस भन्दा अगाडी निष्काशन गरेको ३० प्तरिशत हकप्रद शेयर बाँडफाँड पश्चात चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

निर्धारित समयमै न्युनतम चुक्ता पूँजी कायम गर्न सक्ने भएतापनि बीमा समितिबाट जारी गरिएको जोखिममा आधारित पूँजी सम्बन्धि निर्देशिकाको अध्ययन गरी कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पूँजी सम्बन्धमा कम्पनीले हाल गरिदै आएको बीमाङ्किय अध्ययन/मुल्याङ्कन बमोजिम आउदा दिनमा कम्पनीको चुक्ता पूँजीको पर्याप्तता कायम हुने/नहुने सम्बन्धमा विश्लेषण गर्नु पर्ने देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले बीमाङ्कीय मूल्याङ्कन र मर्जरको सम्भावनालाई हेरेर मात्रै नपुग पूँजी जुटाउन बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर धेरै वटा सूचकहरुमा सबैभन्दा अगाडी छ । हिमालयन र एभरेष्टले मर्जर प्रकृयाँलाई अगाडी बढाइसकेका छन् । मर्जर पछि यो कम्पनीले शिखरले धेरै वटा सूचकमा उछिन्नेछ ।

त्यस्तै अन्य कम्पनीहरु पनि मर्जरका लागि जोडी खोजिरहेका छन् । यदि अन्य कम्पनीहरु पनि मर्जरमा गएर आकार बढाए पनि शिखर पनि मर्जरको दवावमा पर्नेछ । त्यसैले पनि शिखरले आफ्नो साख जोगाउन पनि मर्जरको लागि जोडी खोज्ने निर्णय गरेको हो । यदि उपयुक्त कम्पनीले मर्जरका लागि स्वीकार  गरेमा शिखरले यस अगाडी सबैभन्दा ठुलो कम्पनीको ट्याग जोगाउन सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS