IME Life New

शिखर इन्स्योरेन्सबाट कोरोना बीमा गरेका क-कसले पाउँदैछन् दाबी रकम ? (नामावली सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमा खरिद गरेका आफ्ना बीमितलाई मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी शुरु गरेको छ। कम्पनीले सार्वजनिक सूचना प्रकाशन गर्दै पिसिआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी शुरु गरिएको जानकारी दिएको छ।

कम्पनीका अनुसार दाबी भुक्तानी पाउन ५,०२० वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्ता‌मध्ये २,६३५ दाबीकर्तालाई मंसिर १३ गतेदेखि कम्पनीको प्रधान कार्यालय थापाथलीको साथै देशभरको शाखा कार्यालयहरुबाट दाबी भुक्तानीको व्यवस्था मिलाइएको छ।

Esewa
Crest

पहिलो चरणको सूचीमा परेका बीमालेख धारक र दाबीकर्रताको नामावली कम्पनीले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ। साथै सबै शाखा कार्यालयहरूमा समेत सो सम्बन्धी विवरण उपलब्ध रहेको कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

कम्पनीले आफू कार्यरत संघसंस्थाले कोरोना बीमा गरिदिएको वा नेपाल सरकारले नै बीमाशुल्क व्यहोर्ने गरी जारी गरिएको कोेरोना बीमालेख अन्तर्गत बीमा गरिएकाहरुलाई‌ दोश्रो प्राथमिकतामा राखिएको छ। पहिलो प्राथमिकतामा परेकाहरुलाई दाबी भुक्तानी गरिसकेपछि मात्र दोश्रो प्राथमिकतामा परेकाहरुलाई दाबी भुक्तानी गरिनेछ।

भुक्तानी हुन बाँकी रहने दाबीको हकमा नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम पुनः जानकारी गराउने सूचनामा उल्लेख छ।

Main_covid_claim_IND_shikhar-NIA_221128_223427

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

54%
happy

खुसी

8%
sad

दु :खी

31%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS