IME Life New

शिखर इन्स्याेरेन्सकाे अधिकांश सूचकांक उत्कृष्ट हुँदा इक्रा एनपिकाे रेटिङमा स्तराेन्नती, पायाे ‘एप्लस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । वित्तीय सबलताकाे आधारमा व्यवसायीक कम्पनीकाे मूल्या‌ंकन गर्दै आएकाे एजेन्सी इक्रा नेपालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को शेयर निष्काशनकर्ता रेटिङ इक्राएनपि आइआर ए बाट स्तराेन्नती गरेकाे छ। इक्रा नेपालले इक्रा एनपी आइआर ए माइनस (ICRANP IR A-) बाट इक्रा एनपि ए प्लस (ICRANP IR A+) मा स्तराेन्नती गरेकाे छ ।

इक्रा एनपि आइआर ए प्लस (ICRANP IR A+) रेटिङ पाउने याे एक मात्र निर्जीवन बीमक हाे । यस्ताे मूल्याङ्कन प्राप्त भएका कम्पनीले वित्तीय दायीत्वहरु समयमै पुरा गर्ने सेवा गर्न पर्याप्त मात्रामा सुरक्षित भएको मानिन्छ। यस्ता शेयर जारीकर्ता कम्पनीकाे वित्तीय जाेखिम ज्यादै न्यून हुने इक्रा नेपालले उल्लेख गरेकाे छ ।

Esewa
Crest

शिखर इन्स्याेरेन्सकाे सबल पक्षहरूमा ‌‍‌‍‌‍निर्जीवन बीमा व्यवसायमा लामाे अनुभव, उल्लेख्य बजार हिस्सा, अनुभवी व्यवस्थापकीय टाेली, बलियाे पूनर्बीमक, वित्तीय दायीत्व पुरा गर्न सक्ने पर्याप्त क्षमता, स्थिर मुनाफाऔंल्याएकाे छ। साथै घट्दाे व्यापार निरन्तरता, उक्लिंदाे दाबी भुक्तानी र व्यवस्थापन खर्चले दीर्घकालमा जाेखिमांकन नाफा (अण्डरराइटिङ प्राेफिट)मा नकारात्मक प्रभाव पार्न सक्ने जाेखिम छ । कडा व्यवसायीक प्रतिस्पर्धा र नयाँ नियामक नियमका कारण व्यवसाय संचालनकाे वातावरणमा परिवर्तनलाई चुनाैतीका रुपमा ‌औंल्याइएकाे छ ।

गत आवकाे अन्त्य सम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ कराेड ६० लाख रुपैयाँ रहेकाे छ। साथै नेट वर्थ ४ अर्ब ६७ कराेड ९० लाख रुपैयाँ छ । यसमा प्रवर्द्धक र साधारण शेयरधनीकाे लगानी अनुपात ६०ः४० काे अनुपातमा रहेकाे छ । असार मसान्त २०७८ मा यसकाे मुख्य प्रवर्द्धकहरूमा गौरव अग्रवाल (११.१%), बुद्ध एयर प्रा. लिमिटेड (८.०३%), विकास जेबी राणा (६.८९%), श्रीमती चन्दा शेर्पा (७.१७%), शशिकान्त अग्रवाल (४.४४%) र कैलाश प्रसाद सिरोहिया (३.७९%) रहेका छन् । शिखर इन्स्याेरेन्सले ६ अर्ब ५५ कराेड ७० लाख रुपैयाँ बराबरकाे सम्पत्ती आधारमा गत आवमा ४० कराेड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS