IME Life New

शाखा विस्तारमा निर्जीवन बीमक आक्रामक, १ वर्षमै १०.६५%ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । जीवन बीमकको तुलनामा निर्जीवन बीमक शाखा विस्तारमा आक्रामक देखिएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

चालु आर्थिक वर्षको वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १ हजार १२२ पुगेको छ। अघिल्लो आर्थिक वर्ष वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १ हजार १४ थियो। यस हिसाबले पछिल्लो १ वर्षमा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १०८ ले बढेको छ। जुन प्रतिशतको हिसाबले १०.६५ प्रतिशतले बढी हो।

Esewa
Crest

यो एक वर्षमा जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय भने ३.६८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या १ हजार ९०१ रहेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म घटेर १ हजार ८३१ मा झरेको छ।

औसत दुवै वर्गका बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या भने १.३० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखमा दुवै समूहका बीमा कम्पनीको कुल शाखा कार्यालय संख्या २ हजार ९१५ रहेकोमा यो वर्ष वैशाखमा बढेर २ हजार ९५३ पुगेको छ।

दुवै समूहका बीमा कम्पनीहरु कर्मचारी संख्या पनि यो १ वर्षमा ३.३० प्रतिशतले बढेर ११ हजार ६५८ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म दुवै समूहका बीमा कम्पनीहरुमा कर्मचारी संख्या ११ हजार २८६ थियो।

यो वर्ष वैशाखसम्म जीवन बीमा कम्पनीहरुमा कर्मचारी संख्या ५ हजार ८३८ र निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ८२० रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म क्रमशः ५ हजार ७०५ र ५ हजार ५८१ थियो। प्रतिशतका हिसाबले जीवन बीमा कम्पनीहरुमा जनशक्ति २.३३ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुमा ४.२८ प्रतिशतले बढेको छ।

हाल १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS