IME Life New

शाखा विस्तारमा जीवन बीमकभन्दा निर्जीवन बीमक आक्रामक, ६ महिनामै ११८ नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुबीच गाभ्ने र गाभिने क्रममा खुम्चिएका बीमकको कार्यालयहरुको संख्या पुनः थपिँदै जान थालेको छ। देशको अर्थतन्त्रमा शिथिलताका बाबजुद जीवन र निर्जीवन दुवै खाले बीमकले बीमितको सुविधाका लागि शाखा कार्यालय थप्ने क्रमलाई पुनः गति दिएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो समयमा इजाजतप्राप्त गरेका सातवटा लघु बीमकले तोकिएका प्रदेशहरुमा प्रधान कार्यालयबाहेक शाखा, उपशाखा कार्यालयहरु सञ्चालनमा ल्याएकाले शाखा सञ्जाल बिस्तार भएको देखिएको हो। शाखा सञ्जाल विस्तारमा जीवनभन्दा निर्जीवन बीमक बढी सक्रिय देखिएका छन्।

Esewa
Crest

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो अर्धवार्षिक अविधमा बीमकको शाखा संख्या ४.६७ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमकको १६ र निर्जीवन बीमकको ११८ वटा शाखा थपिएका छन्। जीवन बीमकको शाखा संख्या जम्मा ०.८८ प्रतिशतले थपिँदा निर्जीवन बीमकको शाखा संख्या ११.३५ प्रतिशतले वृद्धि भएको छ।

प्राधिकरणले प्रकाशन गरेको मासिक तथ्यांकअनुसार गत पुस महिनासम्ममा जीवन बीमकको शाखा संख्या १ हजार ८४४ कायम भएको छ। यसैगरी निर्जीवन बीमकको १ हजार १४८ शाखा कार्यालय सञ्चालनमा रहेको छ।

शाखा संख्या थपिएसँगै पुस मसान्तसम्ममा चालु आर्थिक वर्षमा कुल जनशक्ति ५.१९ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमकमा कुल ५ हजार ९२६ र निर्जीवन बीमककमा ५ हजार ९७५ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन्। प्राधिकरणका अनुसार पछिल्लो ४ वर्षयता पुराना कम्पनीहरुमा माथिल्लो तहका कर्मचारीको संख्या घट्दै कनिष्ठ तहका कर्मचारीको संख्या बढ्दै गएको प्रवृत्ती देखिएको छ।

गत आर्थिक वर्ष २०८०।८१ मा बीमकको शाखा संख्या २ हजार ९८४ पुगेको थियो। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७९।८० मा जम्मा २ हजार ८०१ रहेको थियो। एक वर्षको अवधिमा १८३ वटा शाखा उपशाखा थपिएका छन्।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमकको शाखा संख्या १ हजार ८३३ रहेको थियो। यसैगरी निर्जीवन बीमकको संख्या १ हजार १५१ रहेको थियो। प्रदेशगत आधारमा जीवन र निर्जीवन दुवै खाले बीमकको धेरै शाखा र उपशाखा बागमती प्रदेशमा रहेको छ। यो प्रदेशमा जीवन बीमकको ४८६ र निर्जीवन बीमकको ३५७ सहित कुल ८४३ शाखा रहेका छन्। शाखा सञ्जालको हिसाबले कर्णाली सबैभन्दा कमजोर प्रदेशका रुपमा रहेको छ। त्यहाँ जीवन बीमकको ११० र निर्जीवन बीमकको ४६ गरी कुल शाखा संख्या १५६ रहेको छ।

प्राधिकरणबाट इजाजतप्राप्त दुई पुनर्बीमक, १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ वटा लघु बीमक कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS